झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक व्यक्तिको मृत्यु, एक पक्राउ

spot_img

झापाको भद्रपुर नगरपालिका–१०, सत्रविघेमा अज्ञात व्यक्तिको ‘सिरिन्ज’ आक्रमणबाट एक स्थानीय पुरुषको मृत्यु भएको छ।

बिहीबार साँझ छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कने क्रममा सोही स्थानका खेम ढकालमाथि आक्रमण भएको हो।ढकाल बाटोमा हिँडिरहेको बेला अज्ञात व्यक्तिले उनलाई सिरिन्जले प्रहार गरेका थिए।

आक्रमणपछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, सिरिन्जमा कुन घातक पदार्थ प्रयोग गरिएको थियो भन्नेबारे अझै खुल्न सकेको छैन। मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार