बैतडीमा जन्ती बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि पुर्चौडी नगरपालिकामा शोक बिदा

spot_img

बैतडीमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि शुक्रवार बैतडीको पुर्चौडी नगरपालिकाले शोक बिदा दिएको छ ।  बस दुर्घटनाबारे दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो ।

बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार