काठमाडौँ महानगरपालिकाले लामो समयदेखि घरबहाल कर नबुझाउने आठवटा सहकारी संस्थाहरूलाई सात दिनभित्र कर चुक्ता गर्न अन्तिम अल्टिमेटम दिएको छ।
महानगरको राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै पटक-पटकको ताकेतालाई बेवास्ता गर्ने यी सहकारीहरूलाई जरिवानासहितको रकम बुझाउन निर्देशन दिएको हो। यदि तोकिएको समयसीमा भित्र कर नतिरेमा महानगरले ती संस्थाहरूको बैंक खाता रोक्का गर्ने, चल-अचल सम्पत्ति रोक्का गर्ने र कार्यालयमा तालाबन्दी गर्ने जस्ता कडा कानुनी कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ।
यसरी कारबाहीको दायरामा परेका सहकारीहरूमा नवदुर्गा, काठमाडौँ, हाम्रो विनायक, मञ्जुश्री, नेपाल बहुउद्देश्यीय, सहयात्री, आदर्श र मित्र बचत तथा ऋण सहकारी रहेका छन्। महानगरपालिकाले पछिल्लो समय राजस्व संकलन अभियानलाई तीव्र बनाउँदै कर नतिर्ने ठुला संस्थाहरूमाथि निगरानी बढाएको छ। यो कदमले स्थानीय

