आगामी आईसीसी टी-२० विश्वकप २०२६ को तयारी खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (UAE) लाई ७ विकेटले पराजित गरेको छ। नेपालको यो सानदार जितको मुख्य नायक मध्यक्रमका भरपर्दा ब्याटर दीपेन्द्र सिंह ऐरी र आरिफ शेख बनेका छन्।
१४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात सुखद रहेन। ओपनर कुशल भुर्तेल (८) र आसिफ शेख (८) सस्तैमा आउट भए भने कप्तान रोहित पौडेल पनि १६ रन बनाएर पभेलियन फर्किए। ४५ रनमा ३ विकेट गुमाएर केही दबाबमा परेको नेपाललाई दीपेन्द्र र आरिफको जोडीले जितसम्म पुर्यायो।
आरिफ शेखले ३७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनमा अविजित रहे। उनले अन्तिम बलमा चौका प्रहार गर्दै जित पक्का गरेका थिए।
दीपेन्द्र सिंह ऐरीले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रनमा अविजित रहे। दीपेन्द्रले ब्याटिङबाहेक बलिङमा १ विकेट र क्षेत्ररक्षणमा १ महत्वपूर्ण रनआउट समेत गरे।

