विश्वकप अघिको पहिलो अभ्यास खेलमा : यूएईमाथि नेपालको सानदार जित!”

spot_img

आईसीसी टी-२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली टोलीले आफ्नो पहिलो औपचारिक अभ्यास खेलमा बलियो प्रतिद्वन्द्वी यूएईमाथि सहज जित हात पारेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो। उसका लागि सोहेब खानले सर्वाधिक ३८ र हर्षित कौशिकले ३५ रनको योगदान दिए।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट बलिङ गर्दै २-२ विकेट लिए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले १ विकेट झारे।१४६ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १७ ओभरमा ३ विकेट गुमाउँदै १४८ रन बनाएर लक्ष्य पूरा गर्‍यो।

मध्यक्रममा दीपेन्द्र र आरिफको विष्फोटक प्रदर्शन

नेपालको सुरुवात केही कमजोर रहेको थियो। ओपनर कुशल भुर्तेल र आसिफ शेख समान ८-८ रनमा आउट भए भने कप्तान रोहित पौडेलले १६ रन जोडे। ४५ रनमा ३ विकेट गुमाएको अवस्थामा दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले सम्हालिएर ब्याटिङ गर्दै शतकीय साझेदारी गरे।

नेपालले आफ्नो दोस्रो अभ्यास खेल फेब्रुअरी ५ मा क्यानडासँग खेल्नेछ। त्यसपछि नेपाली टोली विश्वकपको मुख्य प्रतियोगिताका लागि मुम्बई प्रस्थान गर्नेछ, जहाँ फेब्रुअरी ८ मा नेपालले आफ्नो पहिलो खेल इङ्गल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

 

सम्बन्धित समाचार

ताजा समाचार