दमक, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहले आगामी फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने घोषणा गरेका छन्।
झापा क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो र मतदाता भेटघाटका क्रममा बालेनले यसपटक पार्टीको केन्द्रीय घोषणापत्रसँगै आफ्नो निर्वाचन क्षेत्रका लागि विशेष ‘स्थानीय घोषणापत्र’ पनि सार्वजनिक गर्न लागिएको जानकारी दिए।
दुईवटा घोषणापत्र, एउटै लक्ष्य बालेनका अनुसार फागुनको पहिलो साता दुईवटा महत्वपूर्ण दस्ताबेज जनताको हातमा पुग्नेछन्। पहिलो, रास्वपाको ‘केन्द्रीय घोषणापत्र’ जसले देशको समग्र विकास, अर्थतन्त्र र सुशासनको मार्गचित्र कोर्नेछ। दोस्रो, ‘झापा–५ को विशेष घोषणापत्र’ जसमा यो क्षेत्रका स्थानीय समस्या, कृषिको आधुनिकीकरण, र दमक–गौरादह क्षेत्रको पूर्वाधार विकासका ठोस योजनाहरू समावेश हुनेछन्।

