काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल ठाेक्किदा एक जनाको मृत्यु भएको छ ।
बा ३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका गुरुङकाे राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
अर्को मोटरसाइकलमा सवार चालकको पनि उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।

