काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच ‘पूर्ण र तत्काल’ युद्धविराम गर्न सहमति भएकाे दाबि गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै अमेरिकाको मध्यस्थतामा भलएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएकाे बताएका हुन् ।
ट्रम्पले सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ समेत दिएका छन् ।
पाकिस्तान र भारत तत्काल युद्धविराममा सहमत भएकाे कुरा पाकिस्तानका उपप्रधानमन्त्री इस्हाक दारले बताएकाे बिबिसीले जनाएकाे छ ।
डारकाे भनाइ उल्लेख गर्दै बिबिसी ले लेखेकाे छ, ‘पाकिस्तानले सदैव आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाको लागि प्रयास गर्दै आएको छ ।’

