धनगढी । कञ्चनपुरमा चट्याङ लागेर एक जनाकाे को मृत्यु भएको छ । चट्याङ लागेर मृतक शुक्लाफाँटा नगरपालिका- १२ तिल्की बस्ने २४ वर्षीय लालमती रानाको ज्यान गएको हाे ।
चट्याङमै परी सँगै रहेका उनका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन् । चट्याङ लागेर मृत्यु भएकी राना गर्भवती रहेकाे बताइएकाे छ ।
बिहानै बगर खेतीमा लगाइएको तरभुजा टिप्न गएको बेला चट्याङ लागेर ज्यान गएको बताइएकाे छ ।
आइतबार बिहान हावाहुरीसँगै वर्षा र चट्याङ परेको थियाे ।

