काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शिक्षक महासंघले विद्यालयका कर्मचारीहरूको मागलाई बेवास्ता गरी सरकारसँग सहमति गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे ।
शुक्रबार बिहान पत्रकार सम्मेलन गरी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
परिषदले यही जेठ ९ र १० मा काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । त्यसपछि दोस्रो चरणको आन्दोलनको रूपरेखा तयार गरिने परिषद्ले जानकारी दिएको छ ।
त्यस्तै परिषद्ले यही वैशाख २१ देखि जेठ ३ सम्म १२ कक्षाको परीक्षामा कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने गरी आन्दोलन गर्ने भएको छ ।
सरकारसँग सम्झौता गरेपश्चात विद्यालयका शिक्षक र कर्मचारी विभाजित बनेका छन् ।घोषणा कर्मचारी परिषदले गरेको छ । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारीका माग सुनुवाई नभएकाे भन्दै परिषदले आन्दोलनकाे घाेषणा गरेकाे हाे ।
सम्झौताको विषयमा जानकारी गराउन मध्यबानेश्वरको रत्नराज्य स्कूलमा आयोजित भेलामा दुई पक्षबीच लफडा समेत भएकाे थियाे । कर्मचारीहरू शिक्षक नेताहरूले धोका दिएको भन्दै उनीहरूमाथि खनिएका थिए ।
वार्तामा समेत बसेका विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी तिवारी आफ्नाे असहमतिका बााबजुद पनि अध्यक्ष र महासचिवले हस्ताक्षर गर्नेमा जोड गरेपछि हस्ताक्षर गर्न बाध्य भएकाे समेत आराेप लगाए । शिक्षक आन्दोलनमा सँगै रहेका विद्यालय कर्मचारीलाई नेपाल शिक्षक महासंघले धोका दिएर सरकारसँग आफ्नो लागिमात्र सम्झौता गरेको बताएकाे छ ।
यस्तो छ विद्यालय कर्मचारी परिषदको आन्दोलनको कार्यक्रम


