सर्वोच्चकाे पत्रपछि रिहा भए रेशम चौधरी

spot_img

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । पक्राउ परेकाे केहि घण्टामै उनलाई छाड्न सर्वोच्च अदालतले पत्र पठाएपछि उनी रिहा भएका हुन् ।

यसअघि पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको हाे ।

शाखा अधिकृत महिमानसिंह विष्टले बुधबार नै कारागार कार्यालय डिल्ली बजारलाई सम्बोधन गर्दै पठाएको पत्रको आधारमा चौधरी पार्टी एकता कार्यक्रमबाटै पक्राउ परेका थिए । शाखा अधिकृत विष्टले चौधरीलाई टिकापुर घटनामा आममाफी दिने सरकारी निर्णयविरुद्ध परेको रिटको सुनुवाइ पछि टुंगो लाग्ने हुँदा रिगल ढकालको आममाफी विरुद्ध भएको फैसलाको आधारमा रेमशमलाई जेलमा पठाउन पत्राचार गरेका थिए ।

पत्रको वैधानिकताबारे सर्वोच्च प्रशासनमा खोजिनिती हुँदा शाखा अधिकृत विष्टले आफू खुशी पत्राचार गरेको पाइएपछि सर्वोच्च प्रशासनले त्यसलाई बदर गरेकाे हाे ।

उनीविरुद्धको ज्यानमुद्दा टुंगिइसकेको भएपनि राष्ट्रपतिबाट उनले आममाफी पाइसकेका छन् । आममाफी विरुद्धको रिट निवेदन विचाराधीन भएको अवस्थामा उनी पक्राउ परेका हुन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार