यी हुन् बजार घट्दा पनि सकारात्मक सर्किट लाग्ने तीन कम्पनी

spot_img

काठमाडौँ । बुधबार नेप्से परिसुचक ८ दशमलव १४ अंकले घटेर २६२३ अंकमा झरेको छ । बजार घट्दा पनि समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८ दशमलव ७७, सिनर्जी पावरको ८ दशमलव ३६, मातृभूमि लघुवित्तको ७ दशमलव ३१, रिडी पावरको ७ दशमलव २४ तथा हिमालयन पावर पार्टनरको ७ प्रतिशत मूल्य बढ्यो ।

बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो ।

भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ५ दशमलव ७६, तारागाउँ रिजेन्सीको ३ दशमलव ७७ प्रतिशत घट्यो । धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर रहे ।

 

सम्बन्धित समाचार

ताजा समाचार