धनगढी । कैलाली स्थित सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट एक जना बिरामीले हाम फालेर गम्भिर घाइते भएका बिरामीकाे मृत्यु भएकाे छ । हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय मिर्गौलापीडित चक्रबहादुर सिंहले अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।
उनकाे सेती प्रादेशक अस्पतालमै सिंहको उपचार भइरहेको छ ।
साेमबार डायलासिसका लागि आएका प्रादेशिक अस्पतालमा आएका उनलाई चिकित्सकको सल्लाहअनुसार मेडिकल वार्डमा भर्ना गरिएको थियो । आज दिउँसो २ बजे एक्कासी तेस्रो तलाबाट हाम फालेका हुन् ।
कुरुवा बसेकी श्रीमती इश्वरीदेवीलाई एकछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले तेस्रो तलाबाट हाम फालेको बताइएको छ ।

