प्रहरीले भन्याे- शिक्षक आन्दोलनमा २३ जना घाइते भए

spot_img

काठमाडाैँ । शिक्षक आन्दोलनका क्रममा आज  बानेश्वरमा शिक्षक र प्रहरीबिच भएकाे झडपमा २३ जना घाइते भएकाे प्रशरीले जनाएकाे छ । घाइते हुनेमा ३ जना प्रहरी, एक जना पत्रकार र अन्य १९ जना शिक्षक छन् ।

घाइतेकाे ट्रमा सेन्टर, सिभिल अस्पताल र एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

साथै, आजकाे झडपमा एक लाख बराबरको क्षति पुगेको समेत प्रहरीले जनाएकाे छ ।

शिक्षक महासंघले भने झडपको क्रममा ६० जना शिक्षकहरू घाइते भएको बताएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार