काठमाडाैँ । काठमाडाैँ उपत्यकामा असिनासहितको वर्षा भएको छ । आइतबार दिउँसो असिना र हावाहुरीसहित वर्षा भएको हो ।
यस्तै अहिले काठमाण्डौं उपत्यकाका साथै काभ्रेमा पनि हल्का पानी परिरहेको छ । आज देशका पहाडी क्षेत्रका केही ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हिमाली क्षेत्रका पनि केहि ठाउँहरूमा हिउँरपानी पर्ने सम्भावना छ ।
आज ताप्लेजुङ, जिरी, पोखरा, जोमसोम, जुम्ला लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

