शिक्षक आन्दाेलमा शिक्षकहरूबीच आपसी विवाद हुँदा धनगढीका शिक्षक कुटिए

शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेका कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएकाे हाे । 

spot_img

काठमाडाैँ । शिक्षक आन्दाेलनका क्रममा कैलाली धनगढीका एकजना शिक्षकमाथि कुटपिट भएको छ । शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेका कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएकाे हाे ।

शनिबार दिउँसो शिक्षकहरूले आन्दोलन गर्दै आइरहेको काठमाडौंकाे बिजुलीबजारमा आपसी मतभेदका कारण १५/२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएकाे प्रहरीले जनाएकाे छ । कुटपिटबाट जोशीलाई सामान्य चोट लागेको छ ।

कुटपिटबाट सामान्य घाइते भएका जाेशीलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको थियो ।उपचारपछि जाेशी अहिले आफन्तकाे घरमा बसीरहेका छन् ।

जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार