तपाईंहरूलाई पटकपटक धोका भएको छ, आन्दोलनलाई निरन्तरता दिनुस : प्रचण्ड

प्रचण्डले भने, 'तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटकपटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ, यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ ।’

spot_img

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूले यसअघि गरेका सम्झाैतामा धाेका भएकाे भन्दै आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटकपटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने शिक्षकहरूले  भने, ‘शिक्षक साथिहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु । तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटकपटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ,’ प्रचण्डले भने, ‘यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ । शिक्षकहरूको अझै धेरै छ ।’

प्रचण्डले शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको भन्दै आलाेचना समेत गरे ।

‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन,’ प्रचण्डले भने, ‘हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेउ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’

सम्बन्धित समाचार

ताजा समाचार