काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शीतल निवासमा भेट वार्ता भएको छ ।
संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ ।
उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।

