आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका बालेन्द्र शाह फेरि विवादमा तानिएका छन्।
निर्वाचन आचारसंहिता विपरीत सादा पोसाकका प्रहरीलाई साथमा लिएर घरदैलो र मत मागेको भन्दै निर्वाचन आयोगले उनलाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो।बालेन शाहले चुनावी प्रचारका क्रममा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेको र उनीहरूसँगै भोट मागेको उजुरी आयोगमा परेको थियो।
आयोगको आचारसंहिता अनुगमन शाखाले यसअघि सामाजिक सञ्जालमा व्यक्त टिप्पणीका विषयमा पनि उनीसँग स्पष्टीकरण सोधिसकेको छ।बालेन मात्र नभई, निर्वाचन आचारसंहिता उल्लंघन गर्ने अन्य ९ जना उम्मेदवार र राजनीतिक दलहरूलाई समेत आयोगले ३ दिनको समय दिएर स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

