स्ववियू निर्वाचनको माग गर्दै आरआर क्याम्पसमा नेविसंघकाे प्रदर्शन

spot_img

काठमाडौँ । रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियू निर्वाचनको माग गर्दै नेविसंघले प्रदर्शन गरेकाे छ । स्ववियू चुनावकाे माग गर्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसँघले प्रर्दशन गरेको हो ।

यसअघि बैशाख १७ गते क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनका प्रतिनिधिको सर्वपक्षीय बैठक बसेर सहमतिमै सर्वसम्मत २१ सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन चयन भएको थियाे । तर केही विद्यार्थी संगठन र स्वतन्त्र समूहहरूले आफूहरूको जानकारीबिनै समिति घोषणा गरेको भन्दै विरोध गरेका थिए ।

उम्मेदवार र मतदाताहरूसँग कुनै छलफल र सहमतिबिना निर्वाचन समितिले स्ववियु कार्यसमिति घोषणा गरेको भन्दै उक्त समिति खारेज गर्न तथा विद्यार्थीहरूको मताधिकार सुनिश्चित गर्न माग गर्दै अदालतमा हिजाे (आइतबार) रिट समेत परेको छ । नेविसंघका उम्मेदवार विनोदराज जोशी, स्वतन्त्र उम्मेदवार हर्क बोहरा, अखिल क्रान्तिकारी बहुमतका विवेक मयाल, अखिल समाजवादी (विप्लव) का जगदीश गिरी, नेविसंघकी शारदा पौडेल, अखिल क्रान्तिकारीका पासङ लामाले रिट दिएका हुन् ।

विद्यार्थी संगठनबीचको विवादको कारण गत चैत ५ गते तोकिएको स्ववियु निर्वाचन हुन सकेको थिएन । पाटन उच्च अदालतले निर्वाचन गराउन आदेश दिएपछि छलफल डाकिएको थियो । उक्त छलफलले सर्वसम्मत स्ववियु चयन गरेको थियाे ।

सम्बन्धित समाचार

ताजा समाचार