केआईआईटीमा मृत भेटिएकी प्रिशा शाहकाे मोबाइल र ल्यापटप भेटिए, परिवारका सदस्य पुगेपछि डिजिटल जाँच हुने

spot_img

काठमाडौँ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रिशा शाहको मोबाइल, ल्यापटप लगायतका सामग्री प्रहरीले भेटेकाे छ ।

तर, भारतीय कानुनअनुसार मोबाइल खोल्न पनि परिवारको सहमति आवश्यक पर्ने भएका कारण परिवारको सहमतिपछि मात्र मोबाइल खोलिने र डिजिटल जाँच हुने बताइएकाे छ ।

शाहकाे पोष्टमार्टम पनि उनका बुबा र अन्य आफन्त पुगेपछि मात्र हुने भएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार परिवारका सदस्य पुगेपछि मात्र पोष्टमार्टम गर्ने गरी स्थानीय प्रहरीले शवलाई केआईएमएस अस्पतालमा राखेको छ ।

१८ वर्षीया शाह स्नातक प्रथम वर्षमा अध्ययरत् विद्यार्थी थिइन् । साह इन्स्टिच्युटको छात्रावासस्थित कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन ।  उनको मृत्यु भएको खबर पाएलगत्तै भुवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो ।

ओडिसा सरकारको आई एन्ड पीआर विभागले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार केआईआईटी विश्वविद्यालयको कम्प्युटर विज्ञानमा बी.टेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८ः१० बजे दिएको थियो ।

यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले घटनालगत्तै बिहीबार बेलुकै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।

किट कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रोपट हो । यसअघि गत फागुनमा मात्र त्यही कलेजमा रुपन्देही घर भएकी नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार