काठमाडाैँ । निजामती कर्मचारीहरूको अनिवार्य अवकाश हुने उमेर हद चरणबद्ध रूपमा बढ्ने विषयमा सहमति भएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाएको प्रतिवेदनमा कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद चरणबद्ध रूपमा बढ्ने व्यवस्थामा सहमति जुटेको हाे ।
संघीय निजामती सेवा ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेर हद हुनेछ । उक्त अवधि समाप्त भएपछिको एक वर्षसम्म ५९ वर्ष ६ महिना र उक्त अवधि समाप्त भएपछिको छ महिनासम्म ६० वर्ष हुने भन्ने उल्लेख छ ।
सरकारले विधेयकमा ५८ वर्षबाट सिधै ६० वर्षे उमेर हद प्रस्ताव गरे पनि उपसमितिले छलफल गरी चरणबद्ध रूपमा उमेर हद बढ्दै जाने विषयमा सहमति जुटाएको थियो । समितिबाट निजामती सेवा ऐन पास गर्ने तयारी छ।
अहिले निजामती कर्मचारीहरूको उमेर हद ५८ वर्ष छ ।

