मकवानपूर । मकवानपुरमा आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
थाहा नगरपालिकाका ३६ वर्षीय ती पुरुषले आफ्नै छोरीलाई पटक/पटक जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय, पालुङमा जाहेरी दर्ता भएको थियो । उक्त जाहेरीका आधारमा प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको हो ।
पीडित बालिकालाई सेफ हाउसमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

