राजावादी प्रदर्शन अराजक हुँदै, राजावादी र प्रहरीबीच झडप

spot_img

काठमाडाैँ । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ ।

प्रहरीले राजावादीकाे प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकी एको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।

सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको थियो ।

प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार