पर्यटन क्षेत्रमा १७ अर्ब ३२ करोड ७५ लाख रूपैयाँ भन्दा बढीकाे विदेशी लगानी प्रतिबद्धता प्राप्त

spot_img

काठमाडाैं, ९ फागुन । चालु आवको ७ महिनामा पर्यटन क्षेत्रका १६८ वटा उद्योगहरुका लागि १७ बढीको लगानी प्रतिवद्धता प्राप्त भएकाे छ । उद्याेग विभागका अनुसार ७ महिनामा करिब २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रका लागि १७ अर्ब ३२ करोड ७५ लाख ९० हजार बराबरको लगानी प्रतिवद्धता आएको हो । जुन कुल वैदेशिक लगानी प्रतिवद्धताकाे ४४ प्रतिशत हाे ।

यस्तै सूचना प्रविधि क्षेत्रमा १३४ वटा उद्योगका लागि ८० करोड ६८ लाख ६३ हजार लगानी आएको छ । जुन कुल प्रतिबद्धताको ३५ प्रतिशत हो । सेवा क्षेत्रका ४८ वटा उद्योगका लागि ५ अर्ब ६९ करोड ८७ लाख ३० हजार लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो १२ प्रतिशत हुनआउँछ ।

उत्पादन क्षेत्रका २७ वटा उद्योगका लागि २ अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ, कृषिका ६ वटा उद्योगका लागि ७४ करोड १० लाख, पूर्वाधार क्षेत्रको २ उद्योगका लागि १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उत्पादन क्षेत्रका २७ वटा अर्थात ७ प्रतिशत, कृषिका ६ वटा अर्थात २ प्रतिशत तथा पूर्वाधार क्षेत्रको २ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा नेपालले करिब २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ । विदेशी लगानीकर्ताहरुले साउनदेखि माघसम्म विभागको प्रमाणीकरण ९स्वीकृति० प्रणालीबाट २४ अर्ब २१ करोड तथा स्वचालित प्रणालीबाट २ अर्ब ६२ करोड गरी कुल २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ३८६ उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार