१८औं संस्करणको आईपीएल आजबाट शुरु, पहिलो खेलमा कोलकाता र बेंगलुरु भिड्दै

spot_img

काठमाडाैँ । विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) आजबाट शुरु भयाे । आइपिएलको १८ औँ संस्करणकाे आजको उद्घाटन खेल साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लुरू बिच हुदैछ ।

आज बेलुकी पाैने ८ बजेदेखि सुरू भएकाे उद्घाटन खेल भारतको कोलकातास्थित इडेन गार्डेन्समा भइरहेको छ।

विराट कोहली रहेको रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसिबी)मा कप्तान रजत पाटिदार छन् भने कोलकाताको कप्तानी अजिन्क्य रहानेले गर्दैछन् ।

पहिलो खेलमा टस जित्दै आरसिबीले बलिङ राेज्दा कोलकाता नाइट राइडर्स ब्याटिङ गर्दैछ ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार