काठमाडौं : म्यानमार भायनेट अन्तर्राष्ट्रिय वुमन फुटबल च्याम्पियन २०२५ बनेको छ । नेपाल र म्यानमार बिच भएको फाईनल खेलमा म्यानमार २ -० गोलले बिजयी भएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा म्यानमारले दुई गोल गरेकाे थियो ।
खेलकाे ६२ औँ मिनेटमा म्यानमारको तर्फबाट यू पर खियाङले पहिलो गोल गरेकी थिइन। त्यसकाे २ मिनेटपछि म्यानमारका कप्तान विन थिङयी टुनले दाेस्राे गोल गरेकी थिईन् ।
नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए।

