चारदेशीय टी–२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित

spot_img

काठमाडाैँ । चारदेशीय हङकङ टी-२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । हङकङमा जारी खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

सुरुवाति ब्याटिङ गरेको कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको थियो । १८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले अर्धशतक बनाए । भुर्तेलले ५० बलमा समान ६ चौका र छक्का प्रहार गर्दै  ८१ रन बनाए । त्यस्तै ३८ बल खेलेका शेखले दुई चौका र चार छक्कासहित ५३ रन जोडे । ओपनरद्वयले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गरे ।

दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रन जाेडे । कुशल मल्लले ६ बल खेलेर ४ रन बनाए ।  ५ बल खेलेर ४ रन बनाउँदै रोहित पौडेल नटआउट रहँदा ३ बल खेलेका गुलसन झा ९ रनमा नटआउट रहे ।

बलिङतर्फ कुवेतका लागि ४ ओभर बलिङ गरेका यसिन पटेलले २ विकेट लिए । समान ओभर बलिङ गरेका मोहम्मद असलामले १ विकेट लिँदा ३.५ ओभर बलिङ गरेका मोहम्मद सफिकीले ४२ रन दिँदै १ विकेट लिए ।

त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएकाे थियाे । कुवेतका ओपनर क्विन्टो एन्टोले ३० बलमा चार चौका र दुई छक्का प्रहार हान्दै सर्वाधिक ४१ रन बनाए ।

मिट भावसारले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन बनाए । बिलाल ताहिर ३२, रविजा सन्दारुवान २६, कप्तान मोहम्मद असलम १७ र उस्मान पटेल १३ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । नन्दन यादवले दुई विकेट लिँदा कुशल भुर्तेल र ललितनारायण राजवंशीले १/१ विकेट लिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार