गुजरातलाई हराउँदै पञ्जाबको सुखद सुरुवात

spot_img

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाईलाई हराउँदै पञ्जाब किङ्सले सुखद् सुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको हो ।

पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २३२ रन मात्रै बनायाे ।

टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४३ रनको लक्ष्य दिएकाे थियो ।

पञ्जाबका कप्तान श्रेयसले ४२ बल खेल्दै ५ चौका र ९ छक्का हान्दै सर्वाधिक ९७ रन बनाए । ओपनर प्रियान्स आर्यले ४७, मार्कस स्टोइनिसले २० र अज्मतुल्लाह ओमारजाईले १७ रन बनाए। शशांक सिंह भने ४४ रनमा नटआउट रहे।

बलिङतर्फ साइ किशोरले तीन तथा कगिशो रबाडा र रशिद खानले १/१ विकेट लिए ।

यस्तै, पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातका लागि ओपनर साइ सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

जोश बट्लरले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ५४ रन बनाए । शेरफेन रथरफोर्डले २८ बलमा ४ चौका र तीन छक्का हानेर ४६ रन जोडे। कप्तान तथा ओपनर शुभमन गीलले १४ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३३ रन बनाए ।

बलिङतर्फ अर्शदीप सिंहले २ तथा मार्को जनसेन र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार