दिल्लीको सानदार जित

spot_img

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सानदार विजयी सुरुवात गरेको छ । सोमबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो ।

राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २१० काे लक्ष्य दिएकाे थियाे । लखनाउले दिएको लक्ष्य दिल्लीले ९ विकेट गुमाउँदै अन्तिम तीन बल बाँकी रहँदा २११ रन बनाउँदै जित हासील गरेकाे हाे ।

आशुतोष शर्माले ट्रिस्टन स्टुब्स र बिपराज निगमसँग साझेदारी गर्दै दिल्लीलाई जित दिलाए ।

आशुतोष शर्माले सातौं विकेटका लागि ट्रिस्टन स्टुब्ससँग ३५ बलमा ४५ रनको साझेदारी गरे। त्यसपश्चात आशुतोषले बिपराज निगमसँग २२ बलमा ५५ रनको साझेदारी गरे । २२ बल खेलेका स्टुब्सले ३४ रन र बिपराजले ३९ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसके पनि आशुतोष अन्तिमसम्म कृजमा रहेर अटआउट ६६ रनको इनिङ्स खेल्दै लखनाउलाई जित दिलाए।

३१ बल खेलेका आशुतोषले पाँच चौका र पाँच छक्का प्रहार गरे।

६.४ ओभरमा दिल्लीले पाँच विकेट गुमाउदै ६५ रन बनाएको थियो । कप्तान अक्षर पटेल २२ र फाफ डुप्लेसिस २९ बनाए ।  समीर रिज्वीले ४ र ओपनर ज्याक फ्रसेर १ रन बनाए ।

दिल्लीका शर्दुल ठाकुर, सिद्धार्थ, दिग्भेष राठी र रवी विश्नोइले समान दुई विकेट लिए ।

लखनउका पुनरले सर्वाधिक ७५ रन बनाए । ३० बल खेलेका उनले ६ चौका र ७ छक्का प्रहार गरे। मार्शले ३६ बलमा ६ चौका र ६ छक्कासहित ७२ रन बनाए।

एडेन मारक्रम १५ रनमा आउट हुँदा डेभिड मिलर २७ रनमा नटआउट रहे।

दिल्लीका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए। कुलदीप यादवले दुई तथा विपरान निगम र मुकेशले एक / एक विकेट लिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार