काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ । रचिन रविन्द्र र कप्तान रुतुराज गायक्वाडको अर्धशतकमा चेन्नईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नाईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्यो ।
ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने । कप्तान रुतुराज गायक्वाडले ५३ रन बनाए । उनले २६ बलमा ६ चौका र ३ छक्का हाने । रवीन्द्र जडेजा १७ रनमा आउट भए । आठौं नम्बरमा आएका महेन्द्रसिंह धोनीले दुई बल खेले पनि रन बनाउन सकेनन् ।
बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । तिलक वर्माले सर्वाधिक ३१ रन बनाए भने सुर्यकुमार यादवले २९ रन बनाए । दीपक चहर २८ रनमा नटआउट रहे ।
नमन धीरले १७, र्यान रिकेल्टनले १३ र विल ज्याक्सले ११ रन जोडे। ओपनर रोहित शर्माले चार बल खेले पनि रन बनाउन सकेनन् ।
चेन्नईका नूर अहमदले सर्वाधिक चार विकेट लिए । खलिल अहमदले तीन विकेट लिँदा नाथन इलिस र रविचन्द्र अश्विनको नाममा समान एक विकेट रह्यो।

