काठमाडाैँ । भक्तपुरको पिकनिक स्थलमा ६६ वर्षीय ओम प्रकाश राईको शव भेटिएको छ । आज विहान ६ बजे मध्यपुर ठिमी नगरपालिका -९ बोडे निलबाराहीस्थित पिकनिक स्थलकाे पार्किङ स्थलमा राईको शव भेटिएको हो ।
खोटाङ, केपिलासगढी गाँउपालिका वडा नं २ घर भएका उनी कवाडीको सामान टिप्ने काम गर्दै आएका थिए । राईको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
राईको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नेउपानेले जानकारी दिए ।

