काठमाडौं । स्पेनिश ला लिगामा भिल्लारियललाई २-१ ले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा पुगेको छ । शनिबार राती भएको उक्त खेलमा केलिएन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिड अंकतालिकाको शीर्ष स्थानमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा जुवान फोएथले सातौं मिनेटमै गोल गर्दै भियारियललाई अग्रता दिलाएका थिए । तर रियल मड्रिड स्टार एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दा घरेलु टोली निराश हुन पुग्यो ।
एम्बाप्पेको १७ औं र २३ औँ मिनेटको गोलसँगै रियल मड्रिड ६०अंकसहित तालिकाको शिर्ष स्थानमा उक्लेको छ । दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा छ ।

