काठमाडाैँ । रूसकाे अमूर क्षेत्रकाे पूर्वी भागमा हराएको रूसी यात्रुबाहक विमान टिन्डा शहर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । प्रारम्भिक विवरणअनुसार, दुर्घटनामा सबैकाे मृत्यु भएकाे रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएकाे छ ।
“टिन्डाबाट १५ किलोमिटर टाढा एउटा ढल्केझन्डै को भेगमा एएन-२४ (An-24) विमानको भग्नावशेष फेला परेको छ । विमान पूर्णरूपमा ध्वस्त भएको छ,” रूसी आपत्कालीन मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएको छ ।
यसअघि करिब ५० जना यात्रु सवार रहेको अंगारा एयरलाइन्सको एन–२४ विमान अमूर क्षेत्रमा हराएको रिपोर्ट गरिएको थियो ।
क्षेत्रीय गभर्नर भासिली ऑर्लोभका अनुसार, रसिया-चीन सीमामा पर्ने ब्लागोभेन्स्क शहरबाट टिण्डा सहरतर्फ गइरहेको गारा एयरलाइन्सको एन–२४ काे यात्रुवाहक विमानमा पाँच बालबालिका सहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।
टिन्डा विमानस्थल नजिकको खराब मौसम र कमजाेर भिजिबिलिटिका कारण अवतरण गर्ने क्रममा चालक दलको गल्ती दुर्घटनाको सम्भावित कारण हुन सक्ताने तास समाचार एजेन्सीले उल्लेख गरेको छ ।
उक्त अंगारा एयरलाइन्सको एन–२४ विमान बिहीबार बिहान ७:३६ बजे (मस्काेकाे समय अनुसार राति १२:३६ बजे) खाबारोभ्स्कबाट निर्धारित समयमै उडान भरेको थियो। विमान खाबारोभ्स्क–ब्लागोवेशचेन्स्क–टिन्डा मार्गमा सञ्चालनमा थियो तर टिन्डा विमानस्थल नजिकै राडारबाट हराएको र सम्पर्कविहीन भएको थियो ।
“अंगारा एयरलाइन्सको एन–२४ विमान आफ्नो अन्तिम गन्तव्य नजिकै सुरक्षा जाँच पास गर्न असफल भयो । विमानसँग सम्पर्क हुन सकेको छैन।” रूसी आपत्कालीन मन्त्रालयले यसअघि जानकारी दिएकाे थियाे ।
क्षेत्रीय गभर्नर वासिली ओरलोभले टेलिग्राममार्फत प्रारम्भिक रिपोर्ट अनुसार साइबेरियामा आधारित अंगारा एयरलाइन्सको विमानमा ४३ यात्रु (जसमा ५ बालबालिकासमेत) र ६ जना चालक दलका सदस्य सवार रहेको जानकारी दिएका छन् ।
“विमान खोजीका लागि सबै आवश्यक जनशक्ति र स्रोत परिचालन गरिएको छ,” उनले लेखे।
इन्टरफ्याक्सले रिपोर्ट गरेअनुसार, टिन्डा विमानस्थलमा पहिलो अवतरण प्रयास असफल भएपछि दोस्रो प्रयासका क्रममा विमान सम्पर्कविहीन बनेको थियो ।
टिन्डा शहर मास्कोबाट लगभग ६,६०० किलोमिटर पूर्वमा अवस्थित छ ।
गत वर्ष सेप्टेम्बरमा पनि, रोबिन्सन आर ६६ हेलिकप्टर तीन जना सवारसहित अमूर क्षेत्रको झेया जिल्लामा दर्ता नभएको उडानको क्रममा हराएको थियो ।
इन्डिपिन्डेन्टबाट ।

