बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर दुर्घटना हुँदा १९ जनाकाे मृत्यु, १ सय ६४ जना घाइते

spot_img

काठमाडाैँ । बंगलादेशमा विद्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा १९ जनाकाे मृत्यु भएकाे छ ।  बंगलादेशी वायुसेनाको एफ–७ लडाकु विमान दुर्घटना हुँदा अन्य १ सय ६४ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार वायुसेनाको विमान सोमबार सोमबार १ बजेर १८ मिनेटमा राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको विद्यालय भवनमा ठोक्किएको हो । उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको जनाइएकाे छ ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।

विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

दुर्घटनासँगै बंगलादेशको अन्तरिम सरकारले भोलि मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार