रोल्पाको घोराबाङ देखि जन्तरे सम्मको गुराँस पदयात्रा सम्पन्न, २०० बढी सहभागी (तस्वीरहरू)

थवाङ गाउँपालिकाको वडा नम्बर ४ ले आयोजना गरेकाे ३ दिने गुराँस पदयात्रामा आन्तरीक र बाह्य गरी करिब २ सय जना सहभागी भएका थिए ।  

spot_img

राेल्पा । राेल्पाकाे थबाङ गाउँपालिकाको घोराबाङ देखि जन्तरे सम्मकाे पहिलाे गुराँस पदयात्रा सम्पन्न भएकाे छ । थवाङ गाउँपालिकाको वडा नम्बर ४ ले आयोजना गरेकाे ३ दिने गुराँस पदयात्रामा आन्तरीक र बाह्य गरी करिब २ सय जना सहभागी भएका थिए ।

जिल्लामै पहिलो पल्ट आयोजना भएको सो पदयात्रामा करिब सयभन्दा माथिको संख्यामा घुम्ने पर्यटकको उपस्थिति थियो । पदयात्रा सम्पन्न भएपश्चात पनि अहिले अरु समूहहरु पनि गुरासको मनोरम दृश्य अवलोकन गर्न आईरहेको वडा अध्यक्ष हिक्मत घर्ति मगरले जानकारी दिए ।

यस्ता पदयात्राले दुरदराजमा रहेका प्राकृतीक सुन्दरताकाे सहि सदुपयोग र उपयुक्त प्रचार प्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने वडा अध्यक्ष मगरले बताए । यस पदयात्राले स्थानिय समुदायमा पनि आर्थिक सकारात्मक परिवर्तन गर्न सक्ने अनुभव गरेको उनले बताए ।

यस्तो प्रकारको पदयात्रा आगामी वर्षमा पनि आयोजना गर्ने उनले जानकारी दिए ।

नेपालमा पाइने लाली गुराँसका प्रजाती मध्य करिब नौ प्रजातिका गुराँस पाइने यस क्षेत्र समुन्द्री सतहबाट करिब तीन हजार देखि तीन हजार पाँचसय मिटरको उचाईसम्म फैलिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याउने उदेश्यका साथ नयाँ वर्षको अवसरमा चैत्र २९ गतेदेखि ३१ गतेसम्म  गुराँस पदयात्रा गराएइकाे थियाे । बाग्लुङ, रुकुम पुर्व, दाङ, प्युठान, लगाएत छिमेकी जिल्लाबाट आएका पर्यटकहरुलाई  स्थानिय सरकार, स्थानिय क्लब, आमा समूह मिलेर विभिन्न सान्स्कृतिक कार्यक्रम गरेर स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार