११ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नगरकोट भ्रमण वर्ष सुरु

पर्यटककाे सहजताका लागि नगरकोट पुग्ने सबै सडक स्तरोन्नति र काठमाडौं–नगरकोट सिधा बस सेवा सञ्चालन गरीनुका साथै त्यहाँ वरपरका होटल तथा स्थानीयका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ ।

spot_img

काठमाडाैँ ।  नयाँ वर्षको अवसर पारेर ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजदेखि सुरु भएको छ ।

भ्रमण वर्षमा १ लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक नगरकोट भित्रने अपेक्षा राखेकाे छ ।

भ्रमण वर्ष पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौं पर्यटक आइतबार नगरकोट पुगेका थिए ।

भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने आयोजककाे विश्वास छ ।

पर्यटककाे सहजताका लागि नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौं–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।

भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौंको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ ।

नगरकोट भ्रमण वर्ष–२०८२ काे चाँगुनारायणका साथै मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरिएको हो ।

 

सम्बन्धित समाचार

ताजा समाचार