एमसीसीका केहि कार्यक्रमहरु अगाडि बढाउन अनुमति

spot_img

काठमाडाैँ । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएकाे छ । अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालन सम्बन्धी आवश्यक कार्य रहेको एमसीसी नेपालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

यसअघि अमेरिकी सहायता संस्था एमसीसीले गत फागुन २ गते अर्थ मन्त्रालयलाई इमेल मार्फत ९० दिनका लागि भुक्तानी रोकिएको जानकारी गराएको थियो ।

नेपाल सरकारले १९७ मिलियन डलर योगदान गर्ने गरी परियोजना मार्फत तीन सय किलोमिटर विद्युत् प्रसारण लाइन, सबस्टेसन निर्माण र ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्यसहित सम्झौता गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार