काठमाडाैँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले राजनीतिक घटनाक्रमबारे खासै कुराकानी नभए पनि भारतको सहयोग लोकतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको बताइन् ।
भारतमा आयोजित विभिन्न कार्यक्रममा भाग लिएर शुक्रबार स्वदेश फर्केकी परराष्ट्र मन्त्री राणाले राजनीतिक विषयमा खासै छलफल नभएको पनि बताइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कुनै एजेन्डासमेत नराखिएको उल्लेख गर्दै उनले समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरसँग भने भेटवार्ता भएको बताइन् । परराष्ट्र मन्त्री राणाले भारतको सरकार नै परिवर्तन गर्ने आशय नरहेको समेत बताइन् ।

