काठमाडाैँ । प्रत्येक २० मार्चमा अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने गरीएको छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो ।
संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो ।
विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ।
सन् १९७० को दशकको सुरुदेखि भुटानले यो दिवस मनाउने सङ्कल्प गरेको हो ।

