शुरू भयाे याे वर्षकाे एसईई, ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी

spot_img

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट शुरू भएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एसईई सञ्चालन भएको छ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।

यस वर्षको एसईई चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार