काठमाडाैँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजाे (मंगलबार) प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन तोलामा ८०० रुपैयाँले बढेको हो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रुपैयाँ निर्धारण भएको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

