काठमाडाैँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा याैन व्यवसाय खुला गर्नुपर्ने भनि दिएकाे अभिव्यक्तिप्रति माफी मागेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बाेल्दै घिमीरेले चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गरेका हुन्। चैत ३ गतेको बैठकमा प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। त्यसको संसद्भित्र र बाहिर आलोचना भएको थियो।
उक्त अभिव्यक्ति आफूले प्रतिनिधित्व गरेको नेपाली कांग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको समेत स्पष्ट पारे।
घिमीरेकाे अभिव्यक्तिकाे हिजाे (मंगलबार) बसेकाे कांग्रेस पदाधीकारी बैठकमा चर्काे आलाेचना भएकाे थियाे । उक्त बैठकमाआफ्नाे अभिव्यक्तिप्रति माफी माग्नुपर्ने कांग्रेस पदाधिकारीले सुझाव दिएका थिए ।

