म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पाँच जना सवार जिप दुर्घटना हुँदा ३१ वर्षीय नगेन्द्र रसाइलीको मृत्यु भएको डीएसपी भरत श्रेष्ठले जानकारी दिए।
घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेकाे थियाे ।
लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

