कैलाली । कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चार क्याम्पस र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा जित हासील गरेकाे छ ।
नेविसंघबाट भुवन जाेशी प्यानलसहित धनगढीको फूलबारी बहुमुखी क्याम्पसमा, झंकर बुढा भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा, रञ्जित परियार जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा र गाेपाल खत्री टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका तपेद्र प्याकुरेल लम्की बहुमुखी क्याम्पसमा, विवेक चौधरी बुलबुले बहुमुखी क्याम्पसमा र सुन्दर गौतम सुखडको राष्ट्रिय कलेजमा स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।
चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीले बराबर मत ल्याएका छन् । नेविसंघले पुन: मतगणना हुनुपर्ने माग गरेको छ ।
घोडाघोडी बहुमुखी क्याम्पस र बर्दगोरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेको छैन् ।

