कञ्चनपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएको छ ।
नेपाल विद्यार्थी संघलका विकास खड्काकाे प्यानलसहित जनता बहुमुखी क्याम्पसबाट, मोहन जैसी बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पसबाट, सुवास नेगी प्यानलसहित दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसबाट र सुनिल ऐरले कञ्चन बहुमुखी क्याम्पसमा निर्वाचन जितेका छन् ।
यस्तै, बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट प्यानलसहित रविना राना र बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।
केही क्याम्पसमा भने विवादका कारण स्ववियु निर्वाचन हुन सकेको छैन् ।

