स्ववियु : काठमाडाैँ उपत्यकाका क्याम्पसमा कस-कसले जिते ?

spot_img

काठमाडाैँ । स्वतन्त्र विद्यार्थी चुनावमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। स्ववियु अध्यक्षमा अनेरास्ववियुका उम्मेदवार ईश्वरकुमार थापा निर्वाचित भएका हुन्।

यसैगरी, नेपाल कमर्श क्याम्पस मीनभवनको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विशाल रोका निर्वाचित भएका छन् ।

त्यस्तै काठमाडाैँका बानेश्वर क्याम्पस, सानोठिमी क्याम्पस, जनप्रशासन क्याम्पस, काठमाडौं इन्जिनियरिङ क्याम्पस र जनकपुर इन्जिनियरिङ क्याम्पस गरी ५ क्मायाम्पसमा नेकपा (माओवादी केन्द्र)सम्बद्ध अखिल (क्रान्तिकारी)ले स्ववियु अध्यक्ष जितेको छ।  बानेश्वरमा भूमिराज अधिकारी, सानोठिमीमा नरेन्द्र ठगुन्ना, जनप्रशासनमा अनिकेत तिवारी, काठमाडौं इन्जिनियरिङमा अपार पराजुली र जनपुर इन्जिनियरिङमा  प्रकाश पुडासैनीले स्ववियु अध्यक्ष जितेका हुन् ।

यस्तै महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पहिलोपटक अध्यक्ष जितेको छ। नेविसंघकी उम्मेदवार विन्दु पोखरेल एक मतले अध्यक्ष निर्वाचित भएकी हुन् ।

यसैगरी, महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जितेकाे छ । अध्यक्षमा नेविसंघका विवेककुमार यादव विजयी भएका हुन् ।

त्यस्तै, पुल्चोक इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयम श्रेष्ठ निर्वाचित भएका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार