काठमाडाैँ । इजरायले गाजामा गरेका शृंखलाबद्ध आक्रमणबाट ४०४ जनाको मृत्यु र ५६२ जना घाइते भएको हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि मृत्यु हुनेको संख्या ४१३ र घाइते भएकाहरूकाे संख्या ६६० पुगेकाे जानकारी दिएकाे गाजाको स्वास्थ्य मन्त्रालयले सुचना संसाेधन गरेकाे हाे ।
इजरायली आक्रमणका कारण गाजाका अस्पतालहरूकाे अवस्था अस्तव्यस्त रहेकाे छ भने, धेरै मानिसहरू भग्नावशेषभित्र पुरिएकाे स्वास्थ्य अधिकारीले जनाएका छन् ।

