काठमाडाैँ । चालु आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले १२ अर्ब २४ करोड तीन लाख ८७ हजार रुपैयाँ अर्थात् १७.९३ प्रतिशत खर्च गरेको छ । मंगलबार मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो।
मन्त्रालयका निम्ति ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ विनियोजन भएकामा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो । विनियोजित रकममध्ये चालुतर्फ चार अर्ब ४२ करोड ३८ लाख २३ हजार रुपैयाँ र पुँजीगततर्फ ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार रुपैयाँ छुट्याइएको थियो।
हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत भएको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको छ।
यसै वर्ष संविधान दिवसका दिनदेखि आगन्तुकका निम्ति खुला गरिएको धरहराको अवलोकन गरेकाे एक लाख ३० हजारभन्दा बढीबाट दुई करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको शहरी मन्त्रालयले जानकारी गराएको छ।

