काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान शुरु गरेको छ । नेपाल चीन मैत्रीपूर्ण सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ र नेपाल तथा पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर चीनको सिचुवान एयरलाइन्सले छेन्दु – पोखरा सिधा हवाई सेवा सुरु गरेको हो ।
मंगलबार एक सय २७ जना चिनियाँ पर्यटकहरू लिएर सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो विमान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित १२६ जना पोखरेली पर्यटन व्यवसायीहरूको टोली लिएर चीनको छेन्दु उडेको थियो ।
यसअघि नियमित उडान सुरु हुन नसकेको पोखरामा अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।

